तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निमन्त्रणामा देउवा शुक्रबार भारत गएका थिए। 

भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन्। भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो।

मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाएका थिए। देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ। 
 

चैत २०, २०७८ आइतबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।