महिला विश्वकप क्रिकेटमा  अष्ट्रेलियाको अविश्वसनीय रेकर्ड, सातौँ पटक फाइनल जित्यो

महिला विश्वकप क्रिकेटमा  अष्ट्रेलियाको अविश्वसनीय रेकर्ड, सातौँ पटक फाइनल जित्यो

एजेन्सी : महिला क्रिकेटमा इतिहास रच्दै अस्ट्रेलियाले सातौँ पटक आइसिसी महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। फाइनलमा बेलायतको टिमलाई हराउँदै अस्ट्रेलियाले सातौँ पटक उपाधि जितेको हो।

न्युजिल्यान्डको क्राइस्ट चर्चमा खेलिएको फाइनल खेलमा बेलायतलाई अस्ट्रेलियाले ७१ रनले हराएर उपाधि जित्यो। फाइनल प्रतियोगितामा टस जितेर बेलायती टिमले फिल्डिङ रोजेको थियो। तर उनीहरूको यो निर्णय गलत निस्कियो। अस्ट्रेलियाले खेलको प्रारम्भमै दबदबा कायम राख्न सफल भयो। उसले पाँच विकेटको क्षतिमा ३ सय ५६ रन बनायो।

यो स्कोर अहिलेसम्म महिला क्रिकेट विश्वकपमा बनेको सबैभन्दा ठुलो स्कोर हो। अस्ट्रेलियाकी एलिसा हिलीले एक सय ३८ बलमा एक सय ७० रन बनाएकी थिइन्। यसमा उनले २६ वटा चौका हिर्काएकी थिइन्।

बेलायती टिमबाट नताली सिवरले शतक बनाइन्। तर उनको यो सेन्चुरीले मात्र टिमले जित निकाल्न सकेन। उनले एक सय २१ बलमा १ सय ४८ रन बनाएकी थिइन्। तर टिमका अधिकांश खेलाडीहरू २५ रन वरपरमै आउट भएका थिए।

चैत २०, २०७८ आइतबार २०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।