देउवालाई ओलीको प्रश्न : दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ राखेर फर्किने कि त्यसै ?

देउवालाई ओलीको प्रश्न : दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ राखेर फर्किने कि त्यसै ?

काठमाडौँ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति कडा आपत्ति जनाएका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन्।

ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’ देउवा सरकारको १०० दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा राखेको उनको आरोप छ।

ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिए। आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उनले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताए। 

चैत २०, २०७८ आइतबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।