महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

महिला विश्वकपको उपाधि अष्ट्रेलियालाई

काठमाडौंः महिला एकदिवसीय विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ। आज न्युजिल्याण्डको क्राइस्टचर्चमा सम्पन्न फाइनल खेलमा इङ्ग्ल्याण्डलाई ७१ रनले पराजित गर्दै अष्ट्रेलियाले उपाधि चुमेको हो।

पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३५६ रन बनाएको अष्ट्रेलियाले इङ्ग्ल्याण्डलाई ४३ ओभर ४ बलमा २८५ रनमै समेट्यो।

अष्ट्रेलियाको पारीमा विस्फोटक ब्याटर अलिसा हिलीले १७० रनको योगदान दिइन्। उनले १३८ बल खेल्दै १७० रन बनाएकी हुन्।

यस्तै रेचल हेयनेसले ६८ र बेथ मुनीले ६२ रनको योगदान दिए। यता इङ्ग्ल्याण्डका लागि नटेली स्काइभरले १४८ रनको शानदार पारी खेले पनि जितको लागि पर्याप्त भएन। 

चैत २०, २०७८ आइतबार १४:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।