प्रधानमन्त्री देउवा बनारसमा

काठमाडौं : भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज बनारस पुगेका छन्। देउवा लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए।
तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक भ्रमणका लागि देउवा बनारस पुगेका हुन्। प्रधानमन्त्री देउवा, धर्मपत्नी डा आरजु राणा देउवासहितले काशी विश्वनाथको पूजाअर्चना गरेका छन्।
बनारसबाट आज अपराह्न ४ बजे दिल्ली फर्किनेछन्। दिल्लीबाट आजै ४ः१५ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवाको नेतृत्वमा ५० सदस्यीय नेपाली टोली शुक्रबार दिल्ली पुगेको थियो।
चैत २०, २०७८ आइतबार १४:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।