पाकिस्तानको राजनीतिमा तरङ्ग: इमरान खानको सरकार बच्यो, संसद् विघटनको सिफारिस

पाकिस्तानको राजनीतिमा तरङ्ग: इमरान खानको सरकार बच्यो, संसद् विघटनको सिफारिस

एजेन्सीः पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज भएको छ। पाकिस्तानी संसद्का उपसभामुख कासिम सुरीले विदेशी षड्यन्त्रको आरोप लगाउँदै अविश्वास प्रस्ताव खारेज गरेका हुन्।

उनले अविश्वास प्रस्तावलाई असंवैधानिक भएको पनि बताएका थिए।

योसँगै इमरान खानको सरकारलाई राहत मिलेको छ। अविश्वास प्रस्ताव खारेजसँगै संसद् २५ अप्रिलसम्मलाई स्थगित गरिएको छ।

लगत्तै इमरानले संसद् भङ्ग गर्ने सिफारिस गरेका थिए। 'हामी न्यायको लागि जनताको बीचमा जानेछौँ। हामी जनतासँग अपिल गर्छौँ कि उहाँहरू आगामी चुनावको लागि तयारी गर्नुहोस्', उनले सम्बोधनका क्रममा भने।

यता पाकिस्तानको राजधानी इस्लामावादमा कर्फ्यु समेत लगाइएको छ। उता बेलायतमा भने पाकिस्तानको पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि हमला भएको छ। हमलामा उनका अङ्गरक्षक घाइते भएका छन्। हमलाको दोष उनले इमरानको पार्टी पीटीआईलाई दिएका छन्।

चैत २०, २०७८ आइतबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।