ग्रिन भेञ्चर्स लिमिटेडको आईपीओ बाँडफाँट, पाँच हजार १३३ जनाको आवेदन रद्द

काठमाडौंः ग्रिन भेञ्चर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। आज सो कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
आईपीओका लागि कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएका थिए। जसमध्ये दुई लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको छ।
आवेदन दिएकामध्ये पाँच हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ।
कम्पनीले गत चैत ८ गते ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गरेको थियो।
चैत २०, २०७८ आइतबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।