युक्रेनको ओडेसामा भीषण विस्फोटको आवाज, बन्दरगाहबाट आयो धुँवा

एजेन्सीः युक्रेनको शहर ओडेसाको दक्षिणी बन्दरगाहमा विस्फोट भएको आवाज आएको छ। आवाजअनुसार भीषण विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ।
रोयटर्सका अनुसार आइतबार बिहान ब्ल्याक सी तटबाट धुँवा आइरहेको देखिएको थियो। ओडेसालाई सामरिक महत्त्वको शहर मानिन्छ।
यस्तै वासिङ्टन पोस्टका संवाददाताले पनि विस्फोट भएको पुष्टि गरेका छन्। ओडेसामै रहेका उनले ट्वीट गर्दै लेखेका छन्, 'ओडेसामा यतिबेला भीषण विस्फोट। म बसेको होटलको झ्याल कम्पन भयो। त्यो के थियो भन्ने स्पष्ट छैन।'
ओडेसाको क्षेत्रीय सैनिक प्रशासनका प्रवक्ताले शहरबासीलाई आ-आफ्नो सेल्टरमा बस्न आग्रह गरेका छन्।
चैत २०, २०७८ आइतबार ११:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।