नेकपा स्थापनाको अवसरमा ज्येष्ठ कम्युनिष्टलाई सम्मान गरिने

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा एमालेले ज्येष्ठ कम्युनिष्टहरूलाई सम्मान गर्ने भएको छ। विसं २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्त्वमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।
सोही अवसरमा एमालेले आगामी वैशाख ९ मा देशभरका ज्येष्ठ तथा वरिष्ठ कम्युनिष्ट नेतालाई सम्मान गर्ने भएको हो। यही चैत ९ र १० गते भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले सो निर्णय गरेको हो।
विभिन्न आन्दोलनमा योगदान गरेका नेताहरूलाई समेत सो दिन हरेक पालिकास्तरमै सम्मान गरिनेछ।
चैत २०, २०७८ आइतबार ०९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।