धार्मिक भ्रमणका लागि बनारस जाँदै प्रधानमन्त्री देउवा, आजै नेपाल फर्कने

धार्मिक भ्रमणका लागि बनारस जाँदै प्रधानमन्त्री देउवा, आजै नेपाल फर्कने

काठमाडौंः तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कँदैछन्। आज भारतको उत्तर प्रदेश राज्यमा रहेको धार्मिक शहर बनारसको भ्रमण गरेर उनी साँझ नेपाल फर्कने तालिका रहेको छ।

उनी धार्मिक प्रयोजनका लागि बनारस जान लागेका हुन्। त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन्। काशी विश्वनाथको मन्दिर दर्शन गरेर उनी ४ बजे दिल्ली फर्कनेछन्। यस्तै ४:१५ मा उनी दिल्लीबाट उड्नेछन्।

५० सदस्यीय प्रतिनिधिमण्डलको टोली लिएर शुक्रबार भारत गएका प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, उपराष्ट्रपति वेङ्कैया नायडू लगायतसँग भेट गरेका थिए।

देउवाको भारत भ्रमणका क्रममा रेल सेवा, प्रशारण लाइन लगायत महत्त्वपूर्ण आयोजनाहरूको उद्घाटन भएको छ।

चैत २०, २०७८ आइतबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।