गुडिरहेको ट्र्याक्टरबाट खसेर २३ वर्षीया एलिनाको मृत्यु

गुडिरहेको ट्र्याक्टरबाट खसेर २३ वर्षीया एलिनाको मृत्यु

तनहुँः जिल्लाको भानु नगरपालिका- ९ डुम्रेमा हिजो बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २३ वर्षीया एलिना श्रेष्ठ रहेकी छिन्।

घाइते उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा गए राति साढे ९ बजे मृत्यु भएको हो। गए राति ९ बजे दाउरा लोड गर्न जाँदै गरेको ग१त ५४४५ नम्बरको ट्रयाक्टरबाट श्रेष्ठ खसेकी थिइन्।

दुर्घटनामा संलग्न ट्रयाक्टरसहित चालक ईलाका प्रहरी कार्यालय भानु तनुहुँको नियन्त्रणमा रहेका छन्।

चैत २०, २०७८ आइतबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।