तीव्र गतिको मोटरसाइकल ट्र्याक्टरमा ठोकिँदा एक जनाको मृत्यु

झापाः तीव्र गतिको मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। झापाको गौरादह- ९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा रोकिराखेको को१क २४७९ नंको ट्र्याक्टरमा ठोक्किँदा शनिबार साँझ ४० वर्षीय राम हेमरमको घटनास्थलमै मृत्यु भएको हो।
ईलाका प्रहरी कार्यालय गौरादहका अनुसार दुर्घटनामा संलग्न ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ।
चैत २०, २०७८ आइतबार ०८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।