न्यून चापीय रेखाको प्रभाव: प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

न्यून चापीय रेखाको प्रभाव: प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।

यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा र मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

चैत २०, २०७८ आइतबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।