आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : शनिबार मुलुकभर थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८३ जनाको पीसीआर र १२७७ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो। शनिबार देशभर ९० जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ।

चैत १९, २०७८ शनिबार १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।