चिकित्सको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड, १४ सेल अश्रुग्यास प्रहार

चिकित्सको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड, १४ सेल अश्रुग्यास प्रहार

कैलालीः चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै जिल्लाको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ। अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार थप क्षति हुन नदिन धनगढीबाट समेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ।

उनले भने, “आक्रोशितहरू तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ।”

तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ। सो अस्पतालमा गए राति उपचारार्थ भर्ना भएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएका थिए।

चैत १९, २०७८ शनिबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।