ग्वार्कोमा ट्याङ्करको ठक्करले एक पैदलयात्रीको मृत्यु

ग्वार्कोमा ट्याङ्करको ठक्करले एक पैदलयात्रीको मृत्यु

काठमाडौंः ट्याङ्करको ठक्करले एक पैदलयात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका- ७ ग्वार्कोमा हिजो साँझ ट्याङ्करको ठक्करबाट मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको हो।

घाइते भएका उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। हिजो बेलुकी पौने ८ बजे बा२ख ६५१० नम्बरको ट्याङ्करले उनलाई ठक्कर दिएको थियो।

ठक्कर दिने ट्याङ्करसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन्।

चैत १९, २०७८ शनिबार १०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।