सुन्दरीजलदेखि पशुपतिसम्मको बागमती नदी असारसम्ममा ढलमुक्त गरिने

सुन्दरीजलदेखि पशुपतिसम्मको बागमती नदी असारसम्ममा ढलमुक्त गरिने

काठमाडौंः आउँदो असार मसान्तसम्ममा सुन्दरीजलदेखि पशुपतिसम्मको बागमती नदीलाई ढलमुक्त गर्ने प्रतिबद्धता जनाइएको छ।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार आयोजना गरेको ‘बागमती नदी सरसफाइ, सभ्यता संरक्षण तथा प्रवर्द्धनात्मक कार्यक्रमको महत्त्व र सान्दर्भिकता’ विषयक छलफल कार्यक्रममा यस्तो प्रतिबद्धता जनाइएको हो।

यस्तै सुन्दरीजलबाट पशुपतिसम्मको नदीलाई ढलमुक्त गर्ने सम्बन्धमा सुझाव दिन पाँच सदस्यीय समिति पनि गठन गरिएको छ।

कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले नदीलाई ढलमुक्त गर्न आवश्यक बजेटको समेत व्यवस्था हुने बताए। बागमतीसँग सरोकार भएका सबै निकायसँग छलफल गरेर कार्ययोजना तयार पार्न गृहकार्य सुरु भएको पनि उनले जानकारी दिए।

कार्यक्रममा समितिका कार्यकारी सदस्य एवं सफाइ अभियानकर्मी डा माला खरेल, आयोजना प्रमुख नवराज प्याकुरेल, कार्ययोजना निर्माण कार्यदलका समूह संयोजक डा सुधा श्रेष्ठ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन एकाइका परामर्शदाता भरत महर्जनले नदी सफाइका लागि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

चैत १९, २०७८ शनिबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।