फाइनलमा पुगिसकेको नेपालको अपराजित यात्रा कायमै राख्ने लक्ष्य

काठमाडौंः जारी त्रिदेशीय टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रङ्खलामा आज नेपालले मलेसियाको सामना गर्दैछ। नेपाल र मलेसियाबीचको खेल आज दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ।
नेपाल यसअघि तीनमध्ये तीन वटै खेल जितेर ६ अंकसहित फाइनल पुगिसकेको छ। आज नेपालको मुख्य लक्ष्य अपराजित यात्रा कायम राख्नु मात्र हो।
मलेसिया हाल तीन खेलमा एक जितसहित २ अंक जोडेर तेस्रो स्थानमा छ। मलेसियाको आज नेपालविरुद्ध जित हासिल गर्ने लक्ष्य हुनेछ। किनकी जितेमा मलेसिया चार खेलमा ४ अंकसहित फाइनलमा पुग्नेछ भने हारेमा प्रतियोगिताबाट बाहिरिनेछ।
पीएनजी हाल चार खेलमा २ अंक बटुलेर दोस्रो स्थानमा छ। फाइनल खेल्ने वा नखेल्ने भन्ने निर्णयका लागि पीएनजीले आज मलेसियाको हार कुर्नपर्ने हुन्छ।
चैत १९, २०७८ शनिबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।