आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण मौसम बदली हुने भएको हो।
यतिबेला प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति पनि यही मौसम प्रणाली रहनेछ।
चैत १९, २०७८ शनिबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।