विदेशीएकालाई नेपाल आएर कांग्रेसमा मतदान गर्न आह्वान

विदेशीएकालाई नेपाल आएर कांग्रेसमा मतदान गर्न आह्वान

काठमाडौँ : नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रचापरसार तीव्र बनाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीलाई मतदानको बेलामा स्वदेश आएर नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गर्ने निर्णय गरेको छ। 

बैठकले निर्वाचन प्रचार–प्रसारका लागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ । आजको बैठकमा केन्द्रदेखि तल्लो तहसम्म मिडिया सेन्टर निर्माण गर्नुका साथै पार्टीले स्थानीय घोषणा पत्र तयार गर्ने पनि निर्णय भएको छ । 

 

चैत १८, २०७८ शुक्रबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।