प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। तीन दिने भारत भ्रमणमा रहेका देउवाले जयशंकरलाई नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेट गरेका हुन्। 

भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो। देउवा ५० सदस्यीय टोली लिएर भारत पुगका छन् । उनले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यस अघि प्रधानमन्त्री देउवाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग पनि भेटवार्ता गरेका थिए। प्रधानमन्त्री देउवाले नयाँ दिल्लीको दीनदयाल मार्गस्थित भाजपा मुख्यालय पुगेर अध्यक्ष नड्डासँग भेटवार्ता गरेका हुन्। देउवा तीन दिवसीय भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली पुगेका हुन्। 

चैत १८, २०७८ शुक्रबार २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।