आईओसीले पठायो इन्धनको नयाँ मूल्यसुचीः पेट्रोलको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमै २७३ रुपैयाँले बढ्यो

काठमाडौं : भारतीय आयाल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची पठाएको छ। अप्रिल १ तारिख (चैत १८ गते) पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने छ।
नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ। यस्तै मट्टीतेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ।
त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
चैत १८, २०७८ शुक्रबार १८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।