३६० इम्प्याक्ट अवार्ड १० जनालाई

३६० इम्प्याक्ट अवार्ड १० जनालाई

काठमाडौँ : मिडिया नाइनद्वारा आयोजित ३६० इम्प्याक्ट अवार्ड २०२२ मा १० जना सम्मानित भएका छन्। बिहीबार काठमाडौँमा आयोजित ‘३६०इम्प्याक्ट अवार्ड२०२२’ समारोहमा मिडिया नाइनले १०प्रभावशाली व्यक्ति र संस्थाहरूलाई सम्मान गरेको हो।

कार्यक्रममा अझै कति सहने अभियान, कोभिड एलायन्स फर नेपाल, एक एक पाइला, इनफ इज इनफ अभियान र हामी नेपाली अभियान सम्मानित भएको थियो। यसै गरी कारागारमा रहेका महिला तथा बालबालिकालाई सहयोग गर्न सक्रिय इन्दिरा राना मगर, माथिल्लो डोल्पामा शिक्षा प्रदान गर्न सक्रिय मोइन उद्दिन समेत सम्मानित भए।

नेशनल इनोभेसन सेन्टर, नेपाल एम्बुलेन्स सर्भिस, आरएनए१६ रेस्क्यु एन्ड अवार्नेश पनि कार्यक्रममा सम्मानित भएका थिए। सो अवसरमा मिडिया नाइनका सम्पादक चारु चड्डाले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिएकी थिइन्। उनले सन् २०२० को सुरुवातदेखि विश्वभर फैलिएको कोभिड–१९ को प्रकोपले मानवतामा कसरी प्रभाव पारे भनी स्मरण गरेकी थिइन्।

चैत १८, २०७८ शुक्रबार १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।