पार्टीको जिम्मा पूर्णबहादुरलाई, सरकारको जिम्मा खाँणलाई

पार्टीको जिम्मा पूर्णबहादुरलाई, सरकारको जिम्मा खाँणलाई

काठमाडौँ : नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मा उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा रहेका बेला कांग्रेको विधान बमोजिम उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकिएको हो। 

विधानको धारा २५ को उपधारा १३ बमोजिम सभापति देउवा नफर्केसम्मका लागि सभापति देउवाले उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोकेकी छन्। 

नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी गृहमन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
 

चैत १८, २०७८ शुक्रबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।