युक्रेन र रुसबीच शुक्रबार पुनः शान्ति वार्ता हुने

युक्रेन र रुसबीच शुक्रबार पुनः शान्ति वार्ता हुने

एजेन्सीः युक्रेन र रुसबीच शुक्रबार पनि पुनः शान्ति वार्ता हुने भएको छ। वार्ता अनलाइनमार्फत हुने युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उद्धृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ।

वार्ताको क्रममा युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बैठकको लागि आवश्यक सम्झौता गर्न प्रयास गर्ने पनि बताइएको छ। "हामी आशा गर्छौं राष्ट्रपतिहरूले अर्को भेट गर्नेछन्," अरखामियाले भने। युक्रेनी पक्षले रुस वा बेलारुसबाहेक अन्यत्र बैठक बस्न जोड दिँदै आएको छ।

पुटिन र जेलेन्स्कीबीचको सम्भावित भेटबारे भने स्पष्ट केही तोकिएको छैन।

चैत १८, २०७८ शुक्रबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।