१२, १४ र १७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

१२, १४ र १७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौंः नेपाल प्रहरीले बालिका बलात्कारको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ। पाल्पा, ललितपुर र तनहुँका १२, १४ र १७ वर्षीया तीन बालिका बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

जसमध्ये ललितपुरकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले महालक्ष्मी नगरपालिका-४ इमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-४ का ३८ वर्षीय सुशील चटौतलाई बुधबार दिउँसो पक्राउ गरेको छ।

यस्तै पाल्पाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तिनाउ गाउँपालिका-१ कचल बस्ने ४८ वर्षीय कोशलबहादुर हिस्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी दोभानबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

यता तनहुँकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा भानु नगरपालिका-३ कालामाटा बस्ने लमजुङ दूधपोखरी गाउँपालिका-६ घर भएका २१ वर्षीय सनील मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी तुरतुरेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। 

तीन वटै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चैत १८, २०७८ शुक्रबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।