तोलामा आठ सयले बढ्यो सुन, १० रुपैयाँले बढ्यो चाँदी

तोलामा आठ सयले बढ्यो सुन, १० रुपैयाँले बढ्यो चाँदी

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९९ हजार सात सय कायम भएको छ।  

 

यसअघि, बिहीबार छापावाल सुनको मूल्य प्रतितोलाको ९८ हजार नौ सय रुपैयाँ तोकिएको थियो।

आज तेजाबी सुनको मूल्य पनि तोलामा आठ सयले बढ्दै ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि १० रुपैयाँको वृद्धि भएको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम भएको छ।

चैत १८, २०७८ शुक्रबार ११:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।