महाङ्कालमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

महाङ्कालमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौंः बिहीबार साँझ काठमाडौंको महाङ्कालमा ग्यास बुलेट (ट्याङ्कर) ले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कामनपा-१ का ६४ वर्षीय गुलाम मोहम्मद रहेका छन्। 

गम्भीर घाइते भएका मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको हो।

मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश-०३-००१क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ पौने ६ बजे ठक्कर दिएको थियो। बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ।

चैत १८, २०७८ शुक्रबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।