आज घोडेजात्रा: काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा: काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौंः आज घोडेजात्रा पर्व परेको छ। काठमाडौंको टुँडीखेलमा घोडा दौडाएर मनाइने यस जात्राका अवसरमा आज उपत्यकामा सार्वजनिक बिदा पनि दिइने गरिएको छ।

हरेक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रालाई काठमाडौंको प्राचीन जात्राको रूपमा लिइन्छ। उपत्यकामा राक्षसले बालबालिका खाइदिने र दुःख दिने गरेकाले टुँडीखेलको मैदानमा घोडा दौडाएर त्यसको टापले कुल्चाएर उक्त राक्षसलाई मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाउन थालिएको हो।

आजकै दिन नेपाली सेनाले घोडेजात्रा विशेष समारोह पनि आयोजना गर्दै आएको छ। सेनाको क्याभलरी (घोडसवार फौज)ले टुँडीखेलमा विभिन्न कौशल प्रदर्शन गर्ने गर्दछ।

चैत १८, २०७८ शुक्रबार ०८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।