त्रिदेशीय श्रृङ्खलामा मलेसिया र पीएनजी दोस्रो पटक भिड्दै

काठमाडौंः कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय श्रृङ्खलामा आज मलेसिया र पीएनजी भिड्दैछन्। आज दिउँसो साढे १२ बजे यी दुई टोलीबीचको खेल हुँदैछ।
यसअघि लगातार तीन खेल जित्दै ६ अंकसाथ नेपाल एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ। मलेसियाको हाल २ खेलमा एक जित र एक हारसहित २ अंक छ। पीएनजी हालसम्म अंकविहीन छ।
आजको खेलमा दुवै टोलीको लक्ष्य जित हुनेछ। आज जित हात पारे फाइनलमा पुग्ने सम्भावना दुवै टोलीको रहनेछ।
यस श्रृङ्खलाअन्तर्गत यसअघि एक पटक यी दुई टोली भिड्दा मलेसिया ८ रनले विजयी भएको थियो। पीएनजी आज हारको बदला लिने सुरमा हुनेछ।
चैत १८, २०७८ शुक्रबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।