मौसम अपडेट: प्रदेश १ र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

मौसम अपडेट: प्रदेश १ र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो प्रदेश १, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ।

चैत १८, २०७८ शुक्रबार ०७:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।