बढुवा भएका एआइजीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन्। एआइजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन्।
प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले मात्र उनीहरूलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
गृह मन्त्रालयले गत १ चैतमा तीनै जना डिआइजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। उक्त सिफारिसविरुद्ध अन्य तीन जना डिआइजीले उजुरी गरेपछि बढुवामा ढिलाइ भएको थियो। उजुरी सुन्ने समितिले सिफारिसलाई सदर गरेसँगै मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।
चैत १७, २०७८ बिहीबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।