विमानको आकस्मिक अवतरणपछि २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

एजेन्सी : कोलम्बियामा मेडेलिन सहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१,००० भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।
लाटम एयरलाइन्स एयरबस ए ३२०–२०० को अगाडिको ल्यान्डिङ गियर मङ्गलबार दिउँसो टेकअफको केही समयपछि खस्दा विमानलाई रियोनेग्रो शहरको जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरणको लागि फिर्ता गर्न बाध्य पारेको थियो। आकस्मिक अवतरणका क्रममा कुनै पनि चोटपटक र क्षति भने नभएको उनले बताए।
फाजार्डोले जनाएअनुसार रियोनेग्रो जाने उडानहरू १२ घण्टा भन्दा बढी समयका लागि रद्द गरिएको थियो जसले गर्दा अन्य एयरपोर्टहरूमा विशेष गरी बोगोटाको एल डोराडो अन्तराष्ट्रिय विमानस्थलमा ढिलाइ र रद्द गरिएको थियो।
‘अहिले विमानस्थल सामान्य अवस्थामा सञ्चालनमा रहेको छ भने ‘रद्द भएका १३६ उडान र यसबाट प्रभावित २१ हजार २ सय ४५ यात्रुको यात्रा सञ्चालनको काम भैरहेको छ। फजार्दोका अनुसार आपतकालीन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
चैत १७, २०७८ बिहीबार १७:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।