पर्सामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु 

पर्सामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु 

पर्सा : पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुई वटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार ना ३ प १०२६  र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किँएका थिए। 

दुर्घटनामा परी मोटरसाइकल चालकहरू धोवीनी गाउँपालिका-२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षीय हसिन्द्र  सहनीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दुई जनाको विरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।

चैत १७, २०७८ बिहीबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।