म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने युवक पक्राउ

म्यादी प्रहरीमा लगाइदिन्छु भनी रकम ठगी गर्ने युवक पक्राउ

राजविराज : म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महादेवा गाउँपालिका–२ का रामदत्त मण्डलको २३ वर्षीय छोरा अरबिन्दकुमार मण्डल रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। स्थानीय तह निर्वाचन–२०७९ का लागि म्यादी प्रहरीमा भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारेर रकम लिने गरेको उजुरी आएपछि मण्डललाई पक्राउ गरिएको उनले जानकारी दिए।

पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

चैत १७, २०७८ बिहीबार १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।