गठबन्धनमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय
काठमाडौँ : सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ। आज (बिहीबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको हो।
बैठकले प्रदेश, जिल्ला र स्थानीयस्तरका पार्टी प्रमुखहरूको संयन्त्र बनाउने निर्णय गरेको हो। पाँच दलसम्मलित प्रमुखहरूको संयन्त्रलाई चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न गठबन्धनको बैठकले निर्देशन दिएको कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
चैत १७, २०७८ बिहीबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।