गठबन्धन बैठक: भारत भ्रमणमा सीमा सम्बन्धी विषय राष्ट्रहित हुनेगरी उठाउन प्रधानमन्त्रीलाई सुझाव

गठबन्धन बैठक: भारत भ्रमणमा सीमा सम्बन्धी विषय राष्ट्रहित हुनेगरी उठाउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलको बैठकले भारत भ्रमणका बेला सीमा सम्बन्धी विषय राष्ट्रहित हुनेगरी उठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको छ। भारतले मिचेका लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका नेपाली भूमिको समस्या समाधानका लागि कूटनीतिक तवरबाट राष्ट्रहित हुनेगरी उठाउन गठबन्धन दलले सुझाव दिएको हो। 

यस्तै गठबन्धनको अर्को बैठक यही २१ गते बस्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए। प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्दैछन्।

चैत १७, २०७८ बिहीबार १३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।