बस र ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

बस र ट्रकको ठक्करबाट दुई जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

हेटौँडा : हेटौँडा र गैँडाकोटमा बस र ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन्। बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ।

यस्तै नवलपरासी–बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ। जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट  घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिए। 

ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई  नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।

चैत १७, २०७८ बिहीबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।