'कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार' वरिष्ठ पत्रकार किशोर नेपाललाई

काठमाडौंः वरिष्ठ पत्रकार किशोर नेपाल यस वर्षको 'कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार'बाट सम्मानित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार नेपाललाई सो पुरस्कार हस्तान्तरण गरेका हुन्।
एक लाख रुपैयाँ राशिको यस पुरस्कार पाउने नेपाल पहिलो पत्रकार हुन्। यसअघि नेपाल पत्रकार महासंघले पुरस्कारको स्थापना गरेको भए पनि त्यसले निरन्तरता पाएको थिएन।
हाल रिपोर्टर्स क्लबले नेपालले आफ्नो २४औं स्थापना दिवसको अवसरमा पुरस्कार पुनर्स्थापना गरेर नेपाललाई सम्मान गरेको हो।
कृष्णप्रसाद भट्टराई पत्रकार महासंघका संस्थापक सभापति, नेपाली कांग्रेसका संस्थापकमध्येका नेता तथा पूर्वप्रधानमन्त्री हुन्।
चैत १७, २०७८ बिहीबार १३:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।