दुर्घटनामा परेको चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे

एजेन्सीः दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको छ। चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले विमानका अवशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए।
करिब एक करोड वर्ग मिटर वरिपरि खोजी गरिएको थियो।
खोज तथा उद्धार कार्यमा दुई सय १६ दमकल र १६ वटा ड्रोन प्रयोग गरिएको थियो। कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको विमान दिउँसो २:३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्टीको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। मार्च २१ मा १२३ यात्रु र नौ चालक दलका सदस्यहरूसहित जहाजमा रहेका सबै १३२ जनाको मृत्यु भएको थियो।
चैत १७, २०७८ बिहीबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।