चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धन दलहरूबीच बैठक जारी

चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धन दलहरूबीच बैठक जारी

काठमाडौंः आसन्न स्थानीय तहको चुनावमा चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धन दलहरूको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस महामन्त्री गगन थापा, जनमोर्चाकी सांसद दुर्गा पौडेल, राजेन्द्र श्रेष्ठ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन्।

चैत १७, २०७८ बिहीबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।