बेनीमा पार्किङ गरेर राखिएका दुई सवारीसाधनमा आगजनी

बेनीमा पार्किङ गरेर राखिएका दुई सवारीसाधनमा आगजनी

म्याग्दीः जिल्लाको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ। आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ।

सडकमै पार्किङमा रहेका ध१ज ९८६ नम्बरको भ्यान र ध१ज ७२६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले बताए। उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन।

बुधबार बेलुका करिब ७ बजे दुवै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दुवै पक्षले एकआपसमा व्यहोर्ने गरी मिलापत्र गराइएको थियो। दुवै सवारी साधनका धनी स्थानीय नै भएकाले तिनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकोमा आगलागी भएपछि घटना रहस्यमय बनेको छ।

चैत १७, २०७८ बिहीबार १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।