लालबन्दीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

लालबन्दीमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सर्लाहीः जिल्लाको लालबन्दी नगरपालिका- १७ स्थित कालिन्जोर पुलमा गए राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा कारमा सवार पाँच जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक भारतीय नागरिक २२ वर्षीय नवीन यादव रहेका छन्। गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको हो। घाइते भएका अन्य पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये २५ वर्षीय भारतीय नागरिक अजित यादवको अवस्था भने गम्भीर रहेको छ।

ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण तीव्र गति देखिएको छ। बीआर ०६ बीएम १५३७ नम्बरको कार दुर्घटनाग्रस्त भएको उनले जानकारी दिए। 

६ जना सवार कार गए राति पौने १० बजे दुर्घटना भएको ईप्रका लालबन्दी सर्लाहीले जानकारी दिएको छ।

चैत १७, २०७८ बिहीबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।