सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको ट्रकमा आगलागी

चितवनः जिल्लाको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा एक ट्रकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश२–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।
ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो।
आगलागीबाट ट्रक पूर्णरूपमा क्षति भएको छ।
चैत १७, २०७८ बिहीबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।