बसको ठक्करबाट श्रीमान-श्रीमतीकै मृत्यु

चितवनः जिल्लाको रत्ननगर नगरपालिका- ९ भानुचोकमा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका- २ का ४५ वर्षीय निरञ्जन श्रेष्ठ र पछाडि सवार उनकी ४० वर्षीया श्रीमती निनतारा श्रेष्ठ रहेका छन्।
वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख १९० नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको श्रेष्ठ दम्पती सवार बागमती प्रदेश ०३–००२प १८९५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ५ बजे ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका दम्पतीको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो। बस चालकलाई ईलाका प्रहरी कार्यालय टाँडी चितवनले नियन्त्रणमा लिएको छ।
चैत १७, २०७८ बिहीबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।