त्रिदेशीय श्रृङ्खलामा आज पीएनजीसँग भिड्दै नेपाल, जितेमा एक खेलअगावै फाइनल पुग्ने

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पीएनजीको सामना गर्दैछ। कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय श्रृङ्खलामा नेपालले आजको खेल जितेमा सोझै फाइनलमा पुग्नेछ।
खेल दिउँसो साढे १२ बाट सुरु हुनेछ। यसअघि श्रृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको थियो। दोस्रोमा नेपालले मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको थियो।
दुईमा दुई खेलमै विजयी भएको नेपाल अंक तालिकामा ४ अंकसहित शीर्ष स्थानमा छ। मलेसिया दुई खेलमा एक जित र एक हारसहित २ अंकसाथ दोस्रो स्थानमा छ। पीएनजी अंकविहीन हुँदै पुछारमा छ।
आजको खेलपछि नेपालले १९ गते मलेसियाको सामना गर्नेछ भने फाइनल खेल २१ गते दिउँसो साढे १२ मा हुनेछ।
चैत १७, २०७८ बिहीबार ०९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।