प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षा

प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा वर्षा

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा भारतको बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।

यतिबेला पहाडी भूभागमा सामान्य बदली रहेको छ। अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती लगायत गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमतीसहित गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति पनि यही मौसम प्रणाली रहनेछ। 

चैत १७, २०७८ बिहीबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।