दमक गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी भिड्ने

झापाः मोफसलको चर्चित लिग दमक गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो।
पुलिसका लागि खेलको ५९ औं मिनेटमा निरकुमार राईले गरेको गोल निर्णायक बन्यो। अब फाइनल खेल शुक्रबार हुनेछ।
दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित दश टोलीको सहभागिता छ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल तथा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही रु २१ हजार प्राप्त गर्ने उनले बताए।
चैत १७, २०७८ बिहीबार ०७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।