रमेश खरेल काठमाडौँको मेयर उठ्न पाउने

रमेश खरेल काठमाडौँको मेयर उठ्न पाउने

काठमाडौँ : नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ को मतदाता रहेको खुलेको छ। यस अगाडि उनी काभ्रेको मतदाता भएकाले काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार हुन पाउने/नपाउनेमा आशंका थियो।

आयोगले जारी गरेको १८ बुँदे मापदण्डमा जुन स्थानीय निकायको उम्मेदवार बन्ने हो त्यहाँको मतदाता नामावलीमा नाम हुनुपर्ने उल्लेख छ। 
 

 

खरेलले आफु नयाँबानेश्वर क्षेत्रमा मतदान गर्दै आएको जानकारी दिएपछि उकेराले निर्वाचन आयोगमा गएर खोजी गर्दा उनको मतदाता सूचीमा नाम फेला परेकाले उनको मतदाता नामावली काभ्रेमा रहेको यस अगाडिको समाचार शंसोधन गर्दै क्षमा माग्दछौँ।

नेपाल सुशासन पार्टी खोलेर खरेल राजनीतिमा सक्रिय छन्। पछिल्लो समय जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराइले समेत मेयरमा उम्मेदवार बन्न तयार रहेको बताएका थिए। 

चैत १६, २०७८ बुधबार २१:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।