ओलीले भने : ‘एमाले बाघ हो, गठबन्धन हरिण’

ओलीले भने :  ‘एमाले बाघ हो, गठबन्धन हरिण’

काठमाडौ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन र एमालेलाई हरिण र बाघसँग तुलना गरेका छन्। एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारी भर्चुअल कार्यशालामा ओलीले एमालेलाई बाघ र गठबन्धनलाई हरिणसँग तुलना गरेका हुन्। 

अध्यक्ष ओलीले भने, ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो। बाघ देख्यो भने हरिण कुद्छ। यो हरिणको कुनै छनोट होइन, बाध्यता हो। नत्र त बाघले खाइहाल्छ।’  एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त ?’ गठबन्धनले एमालेलेलाई फरक नपार्ने ओलीको उद्घोष थियो। उनले भने, ‘यसले हामीलाई फरक पार्दैन। दिनदिनै हजारौं मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ। हाम्रो विजय सुनिश्चित छ।’

अध्यक्ष केपी शर्मा ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जान निर्देशन दिए।

प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षबारे बताएका थिए। कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू र पार्टीबीच निर्वाचित पालिका प्रमुखहरू सहभागी छन्।

चैत १६, २०७८ बुधबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।